Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको पारिश्रमिक बढाउन सांसद ज्ञानेन्द्र शाहीको माग


काठमाडौं, १२ चैत । राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन माग प्रस्ताव गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पहलाय हुने स्थिति बढेको भन्दै उनीहरुको पारिश्रमिक बढाउन प्रस्ताव गरेका हुन् ।

मन्त्रीका स्वकीय सचिवको भन्दा पनि कम खेलाडीको पारिश्रमिक रहेको भन्दै उनले तत्काल खेलाडीको पारिश्रमिक बढाउन माग गरेका हुन् । यसका लागि मन्त्री र सांसदका स्वकीय सचिवको पारिश्रमिक कटौती गर्न उनले प्रस्ताव गरे ।

‘राष्ट्रलाई चिनाउने खेलाडी हुन् । तर, उनीहरु पलायन भएका छन् । राष्ट्रिय फुटबल टोलीका कप्तान भइसकेका सुजल श्रेष्ठ अष्ट्रेलिया पलायन भए । भक्तपुरका बागेश्वरी विद्यालयका १२ कक्षामा पढ्ने विद्यार्थी छुट्टिने बेलामा खाडी मुलकमा भेटौँला लेखे,’ उनले भने, ‘राष्ट्रलाई चिनाउने खेलाडीको पारिश्रमिक मन्त्रीका स्वकीय सचिवको भन्दा कम छ । बरु हामी सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर भए पनि खेलाडीको तलब बढाउनुपर्छ ।’


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #gyanendra shahi, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट