Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बारा–२ को उपनिर्वाचनको मिति वैशाख १० गते तोएिकोप्रति सीके राउतको आपत्ति


काठमाडौं, १२ चैत । जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा–२ को उपनिर्वाचनको मिति वैशाख १० गते नै तोकेकोमा आपत्ति जनाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले आयोगले रफ्तारमा मिति तय गरेको बताए ।

“बारा–२ मा सांसदको पद खाली भएको सूचना संसद्मा प्राप्त हुन पाएको छैन । उता निर्वाचन आयोगले तुरुन्तै वैशाख १० का लागि निर्वाचन कार्यक्रम घोषणा गरिसक्यो । यो रफ्तारमा अरु पनि काम हुने भए धेरै राम्रो हुन्थ्यो,” राउतले भने ।

राउतले कोही तीन÷चार महिना मन्त्रीबिना बाँँच्नै नसक्ने अवस्था सिर्जना भएको भन्दै थोरै समय राखेर निर्वाचन मिति तोकिन नहुने बताए । जनता समाजवादी पार्टीबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त स्थानमा उपनिर्वाचन हुँदै छ । त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव उमेदवार हुने चर्चा छ ।

राउतले यादवलाई लक्षित गर्दै भने, “कसैलाई मन्त्रीबिना तीनचार महिना बाँच्नै नसक्ने अवस्था सिर्जना भयो भन्दैमा २० दिनको समय राखेर निर्वाचन आयोगले निर्वाचन गराउन मिल्दैन । यसले निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।” राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष निर्वाचित गरेर महिलाको अधिकार खोस्ने काम भएको बताए । राउतले निर्वाचन निष्पक्ष रुपमा हुनुपर्ने बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट