Techie IT
  • ४ वैशाख २०८१, मंगलबार
Jhilko

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी पेस


काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मुख्मन्त्रीमा दाबी पेस गरेको छ । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले माओवादी केन्द्र, जनमत, जसपा, लोसपासहित आठ दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् ।

माओवादी केन्द्रसहितका दलहरूले सरकार छाडेर समर्थन फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री लीला गिरी अल्पमतमा परेका छन् । तर अल्पमतमा परेपछि विश्वासको मत लिन एक महिना समय हुँदाहुँदै पनि मुख्यमन्त्रीमा दाबी पेस भएको हो । मुख्यमन्त्री गिरीले प्रदेशबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यदि उनले विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

गिरी नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरू माओवादीका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी तथा जनमत पार्टीका सीके गुप्ताले आजै राजीनामा बुझाएका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४/४, जसपा, लोसपा र जनमत पार्टीका ३/३, स्वतन्त्र २ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ जना प्रदेश सभा सदस्य रहेका छन् ।

 


क्याटेगोरी : राजनीति, लुम्बिनी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट