Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सत्ता गठबन्धनको बैठक भोलि बस्ने


काठमाण्डौं, १३ चैत । सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताबीच मङ्गलवार भोलि दिउँसो ४ बजे बैठक राख्ने सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा भोलि दिउँसो गठबन्धनको बैठक बोलाउने सहमति भएको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ । सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुनसकेको छैन ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट