Techie IT
  • १५ जेठ २०८१, मंगलबार
Jhilko

युक्रेन युद्धलाई अन्ध समर्थन नगर्ने जर्मनीको जोड


रुस–युक्रेन युद्धका कारणले गर्दा यतिबेला जर्मनीको आन्तरिक र बिदेश नीतिमा व्यापक फेरबदल गर्न थालेको देखिँदै छ । यति बेला जर्मनी आफ्नो राष्ट्रिय सुरक्षा रणनीतिको मस्यौदा तयार गर्ने अन्तिम चरणमा रहेको बताइन्छ । त्यसमा आर्थिक लचिलोपना र ऊर्जा जस्ता क्षेत्रमा कतै एकतर्फी निर्भरता कम गर्नेमा जोड दिइने छ ।

गएको वर्ष जर्मन चान्सलर ओला स्कोल्जले रुसद्वारा युद्ध शुरु गर्नुभन्दा केही दिन पहिला नै मास्कोको भ्रमण गरेका थिए । उनले रुसी नेता भ्लादिमिर पुटीनसँग आफ्नो कुराकानी पछि त्यही अभिव्यक्ति दिएका थिए जुन सबैजसो जर्मन चान्सलरहरुले भन्दै आउने गरेका छन् कि ‘रुसबिना यूरोपमा शान्ति सम्भव छैन’ । तर युक्रेनमाथि रुसी हमलाको केही दिन पछि स्कोल्जले सत्ताधारी सोशल डेमोक्रेटिक पार्टीको पाँच दशकयताको नीतिलाई उल्टाउँदै संसदको एउटा बिशेष अधिवेशनमा ‘जीटेनवेण्डो’ अर्थात् ‘व्यापक फेरबदल’को नीति घोषण गरिदियो । त्यस घोषणाको केन्द्रमा जर्मन रक्षा विभागलाई चुस्त दुरुस्त गर्ने, युक्रेनलाई हतियार पठाउने र रुसमाथिको जर्मनीको ऊर्जा निर्भरतालाई समाप्त पार्ने विषयहरु सामेल छन् ।

अब त जर्मनीले एक वर्ष भित्र युत्रेनलाई लेपेई–२ जस्ता अत्याधुनिक ट्यांक पठाउने पनि निर्णय लिइसकेको छ । अहिलेलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको बचाउमा गोली गठ्ठा दिने प्रतिबद्धता जनाउने दोश्रो सबैभन्दा ठूलो देश जर्मनी बन्न पुगेकको छ । तर केही यस्ता वास्तबिकताहरु पनि छन् जसबाट सोझै मुख मोड्न जर्मनीले सक्ने छैन भन्ने राजनीतिक विश्लेषकहरुको निश्कर्ष छ ।

चीन र जर्मनीबीच भरोसा र विश्वासमा कमी आएको हुँदा हुँदै पनि जर्मनी उद्योग जगत भने चिनीयाँ बजारसँग गहिरो गरी जोडिएको छ । त्यसबाट अलग हुनु अहिलेलाई जर्मनीका लागि निकै नै कठिन छ । तर रुस–चीनको सैनिक धूरी जत्तिको सबल हुनेछ भारतसँग जर्मनीको सम्वन्ध पनि त्यत्तिकै प्रगाढ हुने र त्यसबाट भारतको पक्षमा एउटा नयाँ विश्व व्यवस्था निर्माण सम्भव हुन सक्ने एकथरी भारतीय विश्लेषकहरुको आँकलन छ ।

उसले रुसको युक्रेन आक्रमणको घोर निन्दा गर्दा गर्दै पनि जर्मनीमाथि के आरोप लागेको छ भने उसले युक्रेनलाई ती देशहरुको तुलनामा सार्है कम सहायता दिइरहेको बताइन्छ जुन देशहरु आर्थिकरुपले जर्मनीका सामुमा होचा या धेरै नै कमजोर छन् । उल्लेखनीय छ कि, जर्मनीको रुससँग गहिरो मित्रताको जग सन् १९७० को दशकमै राखिएको थियो । जतिबेला सोभियत आधिपत्य जस्तो रहेको पूर्वी जर्मनी राज्यलाई पश्चिम जर्मनीले यसकारण मान्यता प्रदान गरेको थियो कि पूर्वी ब्लकका मानिसहरुलाई निकट सम्वन्धमा राख्न सकियोस् । ‘ओस्टपोलिटिक’ नामले प्रख्यात जर्मनीको रुस–परस्त नीति सुुरुदेखिनै निकै बिवादास्पद रहँदै आएको मानिन्थ्यो ।

बिभिन्न राजनीतिक तथा वैचारिक पृष्ठभूमिका जर्मन मानिसहरुसँग ती बितेका दिनहरुमा बर्लिन यात्राको क्रममा कुराकानी गर्दा के आभास हुने गरेको त्यतिबेलाका जानकारहरु बताउँछन् भने रुसलाई किनारा लगाउनु त्यति सजिलो कुरा छैन र थिएन । किनभने माथि उल्लेख गरिएका ‘ओस्टपोलिटिक’का जराहरु त्यहाँको राजनीति र समाजमा सार्है गहिरो गरी गाडिएका थिए, छन् । जर्मनको सम्भ्रान्त वर्गको एउटा तप्का रुसको कुन कुराका लागि कृतज्ञ रहेको छ भने रुसको इच्छाले नै जर्मनीको पुनर्एकीरण सम्भव हुन पाएको हो । अनि यस कारणले पनि जर्मनको हरेक मूल्यमा रुससँगको सम्वन्ध राम्रो रहनु पर्दछ ।

जर्मनी र रुसको गहिरो सम्वन्धलाई नार्ड स्ट्रीम ग्यास पाइपलाईनबाट पनि बुझ्न सकिन्छ । जर्मनी दशकौंदेखि अपेक्षाकृत सस्तो रुसी ग्यासमा निर्भर रहेको हो । तर युद्ध सुुरु भए पछि ग्यासको मूल्य अमेरिका र फ्रान्सको तुलनामा चार दोब्बर बढी भइसकेको छ । त्यसो त मध्य र पूर्वी यूरोपेली देशहरुलाई ‘ओस्टपोलिटिक’सँग सबैभन्दा बढी गुनासो रहेको छ । ती देशहरुमा जव सोभियत परस्त मानिएका तानाशाहका विरुद्ध ‘लोकतान्त्रिक’ आन्दोलन चलिरहेको थियो त्यसबेला जर्मनीको समुचित समर्थन प्राप्त भएन । कतिपय प्रमुख जर्मन राजनीतिक दलहरुले त ती देशमा मानवाधिकारहरुका लागि सक्रियरुपले संघर्ष गर्ने कुरालाई हतोत्साहित नै गरेको थियो भनिन्छ । ती मध्येका कयौं देशहरु आज पनि जर्मनीको समर्थनलाई सन्देहको दृष्टिले हेर्ने गर्दछन् ।

जर्मनी र रुसको गहिरो सम्वन्धलाई नार्ड स्ट्रीम ग्यास पाइपलाईनबाट पनि बुझ्न सकिन्छ । जर्मनी दशकौंदेखि अपेक्षाकृत सस्तो रुसी ग्यासमा निर्भर रहेको हो । तर युद्ध सुुरु भए पछि ग्यासको मूल्य अमेरिका र फ्रान्सको तुलनामा चार दोब्बर बढी भइसकेको छ । त्यसो त मध्य र पूर्वी यूरोपेली देशहरुलाई ‘ओस्टपोलिटिक’सँग सबैभन्दा बढी गुनासो रहेको छ । ती देशहरुमा जव सोभियत परस्त मानिएका तानाशाहका विरुद्ध ‘लोकतान्त्रिक’ आन्दोलन चलिरहेको थियो त्यसबेला जर्मनीको समुचित समर्थन प्राप्त भएन ।

कतिपय जानकारहरुले बताए अनुसार रुसका बिरुद्ध प्रतिबन्धहरु हुँदा हुँदै पनि अहिलेसम्म जुन पश्चिमा कम्पनीहरु रुसमा कार्यरत छन् तीमध्येमा आधाजसो जर्मनी छन् । यही कारणले गर्दा जर्मनीका राजनीतिक दवाबको सञ्चार माध्यमहरुमा जत्तिको बखान भइरहेको छ त्यसमा खोक्रो लफ्फाजी बढी र वास्तबिकता कम रहेको हुन्छ भन्ने विश्लेषकहरु औंल्याउँदछन् । कतिपय जर्मन विशेषज्ञहरुको त केसम्म दाबी छ भने उनको सरकारसँग ‘ओस्टपोलिटिक’को परम्पराबाट टाढा जाने त्यति धेरै अपेक्षा गरिनु हुन्न । किनभने हतियारहरुका लागि युक्रेनको अन्तहीन मागबाट अमेरिकाको चाडै नै मोहभंग हुन जानेछ । भलै त्यसलाई अमेरिकाले प्रोत्साहन भनोस् या यूरोपमा रुसकाबिरुद्ध जन आक्रोशको ज्वाला, जर्मनीले युक्रेनको हिफाजत गर्नका लागि यूरोपेली नेतृत्व ग्रहण गरिसकेको त छ तर ऊ यस युद्धमा अनावश्यक धकेलेर लैजाने युक्रेनी प्रयासकाबिरुद्ध सजग पनि छ । युद्ध जारी राख्ने अमेरिकी कांग्रेसको इच्छामा यदि कमी आउँदछ भने जर्मनीले त्यसलाई नजरअन्दाज गर्न सक्दैन । हुन त युद्धको परिणाम चाहे जे जस्तो होस्, तर सामरिक मामिलाकाप्रति उदासीनता र शान्तिवादको नीतितर्फ पुनः फर्कन अव जर्मनीका लागि त्यति सम्भव छैन ।

यता जर्मनको चीनसँगको प्रगाढ सम्वन्धका कारणले भारतसँग उसको सम्वन्धमा उसले परम्परागतमा जस्तो उत्तिसारो ध्यान नदिएको भारतको गुनासो देखिन्छ । केही समय पहिला जर्मन चान्सलर शोल्ज भारतको दुई दिने भ्रमणमा आएर फर्केका हुन् र जर्मनको विदेश नीतिमा परिवर्तन हुने सन्देश दिएका हुन् भनिन्छ । त्यसैले आजकल भारत रुसमाथिको सैन्य निर्भरतालाई कम गर्ने प्रयास जुन गरिरहेको छ त्यसमा जर्मनी पनि एक महत्वपूर्ण रक्षा भागिदार बन्न सक्छ । रक्षा सहयोग बढाउने दिशामा भारतले जुन प्रयास यतिबेला गर्न थालेको छ, त्यसमा जर्मन पनि एउटा मूख्य सहभागी बन्न सक्ने उसको आँकलन छ । यस प्रकारको रक्षा सहयोग बढाउने दिशामा पहिलो पटक फ्रान्स–भारत–जर्मनी संयुक्त सैनिक अभ्यास २०२४मा गर्ने कुरा पनि प्रस्ताबित छ । चीन र जर्मनीबीच भरोसा र विश्वासमा कमी आएको हुँदा हुँदै पनि जर्मनी उद्योग जगत भने चिनीयाँ बजारसँग गहिरो गरी जोडिएको छ । त्यसबाट अलग हुनु अहिलेलाई जर्मनीका लागि निकै नै कठिन छ । तर रुस–चीनको सैनिक धूरी जत्तिको सबल हुनेछ भारतसँग जर्मनीको सम्वन्ध पनि त्यत्तिकै प्रगाढ हुने र त्यसबाट भारतको पक्षमा एउटा नयाँ विश्व व्यवस्था निर्माण सम्भव हुन सक्ने एकथरी भारतीय विश्लेषकहरुको आँकलन छ ।

 

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, बिचार, राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट