Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मन्त्रालय भागबण्डामा अझै सहमति जुट्न सकेन, गठबन्धनका नेताहरुको बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित


काठमाडौं, १५ चैत । गठबन्धनका नेताहरुको बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ ।

बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । “लञ्च ब्रेक भयो । हामी फेरि ३ बजे बस्छौँ । सहमति भइसकेको छैन,” उनले भने । मन्त्रिपरिषद्बारे आजै टुंगो लगाउने प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डको तयारी छ ।

गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो । हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरिएको थियो । साथै, गठबन्धनका दलहरुले मन्त्रालयबारे आफ्नो दाबी पेस गरेका थिए ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट