Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मिटरब्याज आर्थिक अपराधमात्रै नभएर सामाजिक अपराध पनि हो : प्रदीप पौडेल


काठमाडौं, १५ चैत । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज सामाजिक अपराध भएको बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद पौडेलले मिटरब्याज आर्थिक अपराधमात्रै नभएर सामाजिक अपराध पनि भएको बताएका हुन् ।

उनले मिटरब्याजीहरूले कानूनी राज्यको उपहास गरिरहेको भन्दै त्यस्तो क्रियाकलाप स्वीकार्य नहुने बताए ।

‘मिटरब्याज आर्थिक अपराध मात्र होइन । यो विषय सामाजिक अपराध हो । पहिलो त यो सरासर कानून उल्लंघन गरेर आम विपन्न जनताको अभाव र कानूनी ज्ञानको पहुँचबिहीनतालाई दुरुपयोग गरेर न्यूनतम पनि तीन गुणा बढीको तमसुक गराएर किसानलाई उसको भूमिदेखि नै बेदख्खल गर्ने कार्य स्वतः कानूनी राज्यको उपहास हो । यो कुनैपनि न्यायपूर्ण समाजमा स्वीकार्य हुन सक्दैन,’ उनले भने ।

उनले मिटरब्याज अन्य सामाजिक अपराधको समेत कारण बनेको भन्दै यो समस्यालाई समाधान गर्नुपर्ने बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट