Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

माओवादीको राजनीतिक दस्तावेज पढ्दा कही पनि संसदीय व्यवस्था स्वीकार गरेको देखिँदैन : रघुजी पन्त


काठमाडौं, १५ चैत । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले सांसद रघुजी पन्तले मन्त्रीको व्यस्तताले संसदको कार्यसूची नै परिवर्तन भएको भन्दै सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाए।

उनले प्रधानमन्त्री माओवादी केन्द्रको रहेको र माओवादीको राजनीतिक दस्तावेज पढ्दा कही पनि संसदीय व्यवस्था स्वीकार गरेको नदेखेको भन्दै संसदीय व्यवस्था नस्वीकारे कै कारण संसद्को मर्यादा बढाउन चासो नगएको हो कि भन्ने आशंका व्यक्त गरे। सरकारको अकर्मण्यताकै कारण आज संसदप्रति विभिन्न टिकाटिप्पणी हुन थालेको उनको भनाइ छ।

पन्तले संसद्लाई प्रभावकारी बनाउने,समयमा विधेयक प्रस्तुत गर्ने लगायतका काम प्रधानमन्त्री र मन्त्रिपरिषद्को भएकाले संसदीय गरिमा कायमका लागि सरकारलाई रुलिङ गर्न माग गरे।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट