Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एकीकृत समाजवादीका तीन मन्त्रीको नाम तयार, प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा


काठमाण्डौं, १५ चैत । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुनेबारेमा प्रधानमन्त्री जवाफको प्रतिक्षा गर्ने भएको छ । बुधवार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी तीन वटा मन्त्रालयमा रहेकोमा मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालय टुङ्गो पनि नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा रहेको बताएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब आफूले मागेका तीन वटा मन्त्रालयमा आफ्नो पार्टीको अडान रहेको बताए । उनले भने ‘तीन वटा मन्त्रालयमा हाम्रो दाबी छ । मन्त्रालय प्राप्त भइनसकेको र मन्त्रालय पनि टुङ्गो लागिनसकेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा छौँ । जुनकुनै बेला पनि मन्त्रीको नाम दिनसक्ने गरी तयारीमा छौँ ।’

पार्टी प्रवक्तासमेत रहेका खतिवडाले आफूले मागेका तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन आफूहरू तयार भएर बसेको पनि बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट