रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव छ : सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन् ।
बुधवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव सत्तारूढ दलहरू कांग्रेस र माओवादी केन्द्रको रहेको बताएका हुन् । सरकारमा जाने सम्बन्धमा संवाद भइरहे पनि अहिलेसम्म टुङ्गो नलागेको सांसद परियारको भनाइ छ ।
उनले भने, ‘विश्वासको मत दिइसकेपछि सामान्य अर्थमा रास्वपा सरकारमा जान्छ भन्ने नै हो । विशेषगरी नेपाली कांग्रेस, माओवादी लगायत प्रधानमन्त्री स्वयंले पनि रास्वपा सँगै सरकारमा हुनुपर्छ भन्ने सद्भाव छ । तर अहिले हाम्रा लागि उपचुनाव महत्त्वपूर्ण छ । संवाद जारी छ तर टुङ्गिएको छैन । मलाई लाग्छ आजरभोलिमा टुङ्गिन्छ ।’
सांसद परियारले आफ्नो पार्टी वैशाख १० गते हुने उपचुनावमा केन्द्रित भइरहेको पनि बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया