Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

काठमाडौं महानगर प्रमुखले सार्वजनिक रूपमा सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ? : गृहमन्त्री श्रेष्ठ


काठमाडौं, २७ चैत । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको भनाईप्रति आपत्ति जनाएका छन् । सोमबार चितवनमा पुगेका गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगर प्रमुखले सार्वजनिक रूपमा सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन ?’

मेयर शाहले शनिबार फेसबुकमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए। सोमबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीको तस्बिर राख्दैसाहले १४ बुँदामा कारण उल्लेख गर्दै बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु परेको बताएका छन्।

जवाफमा गृहमन्त्री श्रेष्ठले यसले महानगरपालिका र मेयरलाई समाजको अगाडि कसरी प्रस्तुत हुने सोच्नुपर्ने धारणा राखे। उनले केन्द्र सरकारले स्थानीय सरकारले अस्तित्व स्वीकार नगरेको बताएका थिए। उनले भनेका छन्, ‘जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्वीकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?’

जवाफमा गृहमन्त्री श्रेष्ठले स्थानीय र प्रदेश सरकारसँग संघीय सरकारले समन्वय गर्न आफूहरु प्रतिवद्ध रहेको बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट