Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा

रास्वपाको भाग छुट्यो


काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रालय बाँडफाँटको टुङ्गो लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको बैठकमा सहभागी जनता समाजवाद पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

नेता श्रेष्ठका अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १, जनमत पार्टीलाई १ राज्यमन्त्रीसहित १ मन्त्रालय र नेपाल समाजवादी पार्टी (नेसपा) लाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ । कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइ नसकेको श्रेष्ठले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा भने कुनै छलफल नभएको उनले बताए । भोलि बिहीवार सरकार विस्तार गरेर भोलि नै शपथ ग्रहण गराउने तयारी भएको पनि नेता श्रेष्ठले बताए ।

रास्वपाको भाग छुट्यो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनः सहभागी हुन नपाउने भएको छ । बुधबार साँझ बालुवाटारमा बसेको दश दलीय गठबन्धनको बैठकले ९ दल सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

रास्वपाले चैत ६ गते प्रधानमन्त्रीलाई दोस्रो पटक पनि विश्वासको दिएको थियो । तर आज सत्ता गठबन्धनमा भएको मन्त्रालय भागबण्डामा भने रास्वपा छुटेको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट