Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नागरिक शिक्षित रहेकाले रवि लामिछानेको वास्तविकता बुझिसके : जितनारायण श्रेष्ठ


काठमाण्डौं, १६ चैत । नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपचुनावमा आफूले जित्ने दाबी गरेका छन् ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चरकर्मीहरूसँगको कुराकानीमा उनले मङ्सिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरे । उनले मङ्सिरमा त्यस निर्वाचन क्षेत्रबाट विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फन्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको बताए ।

उनले भने, ‘मङ्सिरको चुनावमा चितवनमा पनि स्वाभाविक रूपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले नागरिकको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भन्ने स्थितिमा गएका छन् । कसले कसलाई समर्थन गरेको छ, कहिले कसलाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउन पर्दैन, किन सरकारलाई समर्थन गरेको भनेर खुलाउन नपर्ने, के कारणले हो भन्ने कुरा नागरिकलाई भन्न नपर्ने, पार्टीबाट निर्णय गर्नु पनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ । अब मङ्सिरको उल्टो परिणाम आउनेछ ।’

नेता श्रेष्ठले चितवनका नागरिक शिक्षित रहेकाले सभापति लामिछानेको वास्तविकता बुझिसकेको जिकिर गरे ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट