Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

फागुन १ को ‘जनयुद्ध दिवस’ लेखिएको क्यालेण्डर स्यालेण्डर उडाइनेछ : ओली


काठमाडौं, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले १० वर्ष गरेको जनयुद्ध नभइ हिंसा भएको टिप्पणी गरेका छन्।

बिहीबार रिपोर्टस् क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले जनयुद्ध भएको भए त्यो सफल हुने बताए। ‘जनयुद्ध भए सफल हुन्थ्यो। जनयुद्ध भए व्यवस्थापन गर्न पर्दैनथ्यो। त्यो जनयुद्ध होइन, हिंसा हो। त्यसैले व्यवस्थापन गरिएको हो।’ ओलीले भने, ‘त्यो हिंसा थियो, त्यसले द्वन्द्व जन्मायो। त्यसपछि उचित व्यवस्थापन गरियो।’ आफूले २८ वर्षदेखि माओवादीले गरेको जनयुद्ध होइन हिंसा हो भन्दै आएको भन्दै ओलीले ५७ सालमै माओवादी आन्दोलन देशको समस्या हो सम्बोधन गर्नुपर्छ भनेर बोलेको उल्लेख गरे।

ओलीले जनयुद्ध दिवसमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णयको पनि चर्को आलोचना गरे। ‘फागुन १ गते हिंसा दिवसलाई जनताले राष्ट्रिय दिवस हो, उत्सव हो भनेर कसरी मनाउने ? अबदेखि वार्षिक क्यालेन्डरमा रहन्छ रे, त्यो क्यालेन्डरबाट उडाइनेछ।’ ओलीले थपे, ’क्यालेन्डर स्यालेन्डरमा राखेर हुन्छ ? राष्ट्रिय दिवस, राष्ट्रिय उत्सव, राष्ट्रिय चाड, राष्ट्रिय पर्व हुन्छ हिंसा ? यस्ता वाहियत काममा हतारो किन ?’


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट