Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएका छन् : विष्णु पौडेल


काठमाडौं, १७ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, “भीम रावलले अनुशासन उल्लंघन गर्नुभएको छ । उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीका निर्णयको खिलाफमा उभिनुभएको छ । पार्टीलाई कमजोर पार्ने काम गर्नुभएको छ । एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कहिले पत्रकार सम्मेलन, कहिले क्रिया प्रतिक्रियामा उत्रिनुहुन्छ ।”


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम प्रदेश
ट्याग : #amale, #bishnu paudel, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट