Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नवनियुक्त मन्त्रीहरूले दिउँसो ३ बजे राष्ट्रपति भवनमा शपथ ग्रहण गर्ने


काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित सरकारमा संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजैबाट सत्तारुढ हुने भएको छ ।

नवनियुक्त मन्त्रीहरूले आजै ३ बजे राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मन्त्री पदको शपथ ग्रहणको समय तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सञ्चारकर्मीहरूलाई २ः३० बजे नै राष्ट्रपति भवनमा आउन निमन्त्रणा पनि गरिएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले शपथ ग्रहणको तयारी सुरु भएको जानकारी दिए ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले आजै राष्ट्रपति पौडेलसँग भेट गरी नयाँ मन्त्रीहरूको शपथ ग्रहणका लागि समय लिएको जानकारी प्राप्त भएको छ । राष्ट्रपतिसँग प्रधानमन्त्रीको यो नियमित भेट हो ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट