Techie IT
  • ८ जेठ २०८१, मंगलबार
Jhilko

कांग्रेसमा मिलेन कुरो : शेरबहादुर देउवाले चार मन्त्रीको नाम टुंगो लगाए, शेखर समूहले मन्त्रीको नाम नै पठाएन


काठमाडौं, १७ चैत । नेपाली कांग्रेसले आठमध्ये चार मन्त्रालय टुंगो लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले चार मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा पार्टीबाट नेतृत्व गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधानसहित रक्षा मन्त्रालयमा पठाएका छन् । यस्तै, रमेश रिजाललाई परराष्ट्र मन्त्रालयमा पठाउने देउवाले निर्णय गरेका छन् ।

अर्थ मन्त्रालयमा डा. प्रकाशशरण महत निश्चित भएका छन् । स्रोतका अनुसार सीता गुरुङले सहरी विकास मन्त्रालय पाउने भएकी छिन् । शेखर समूहले भने मन्त्रालयमा नाम पठाएको छैन । सम्मानजनक भाग नपाएको भन्दै समूहले नाम नपठाएको हो ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #congress

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट