Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

खानेपानी मन्त्री खानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा


काठमाडौं, १७ चैत । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारमा भेटेर मन्त्री खानले राजीनामा बुझाएका हुन्। प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न लागेकै बेला जनमत पार्टीबाट सरकारमा गएका खानले राजीनामा दिएका हुन्।

सिके राउत नेतृत्वको जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको थियो । खानेपानी मन्त्री नियुक्त भएपछि पनि झन्डै एक महिना खान कार्यभार सम्हाल्नै गएका थिएनन्। अहिले मन्त्रिपरिषद विस्तार हुँदा उद्योग मन्त्रालय पाउने भनिए पनि नदिएपछि उनले राजीनामा दिएको बताइएको छ ।

तर जनमत पार्टीका नेता वीपी साहले भने नीति तथा कार्यक्रममा समेटिएका विषयमा कार्यान्वयन नभएको, आफूहरूले उठाएका माग मुद्दामा पनि कुनै चासो नभएकाले सरकारबाट बाहिरिएको प्रतिक्रिया दिए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट