Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद


काठमाडौं, १९ चैत । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई भेटी धन्यवाद दिएका छन् ।

उनीहरुले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोह पक्ष र राज्यपक्षका सबैलाई समान व्यवहार गरी सहिद घोषणा गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् ।

भेटमा उनीहरूले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा समेत दुवै पक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

भेटमा प्रधानमन्त्रीले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको बताउँदै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट