Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीले लिइन् शपथ


काठमाडौं, १९ चैत । जनता समाजवादी पार्टीमा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा मञ्जु शर्मा अन्सारीले शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले आइतबार सिंहदरबारमा अन्सारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । समानुपातिक निर्वाचन प्रणालीबाट जसपा नेपालको समावेसी समूह, मुस्लिम–महिलामा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको हो ।

निर्वाचन आयोगले चैत ६ गते अन्सारीलाई प्रतिनिधि सभा सदस्य निर्वाचित गरेको घोषणा गरेको थियो । २०२० सालमा नेपालगन्ज– १३ मा बुवा नवीनन्द्र शर्मा र आमा शान्ता शर्माको कोखबाट जन्मिएकी अन्सारी तीन दशकदेखि सक्रिय राजनीतिमा छिन् । २०४६ सालमा तत्कालिन नेपाल सदभावना पार्टीबाट राजनीति सुरु गरेकी अन्सारीले पार्टी निकट सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

उनले २०५६ सालमा सदभावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेकी थिइन् । २०६४ सालमा भएको मधेस विद्रोहमा सहभागी अन्सारीको नाम उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट २०६४, २०७० र २०७४ सालमा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा रहेको थियो । उनी मधेसी जनअधिकार फोरमको केन्द्रीय सदस्य, उपत्यका ईञ्चार्ज हुँदै अहिले जनता समाजवादी पार्टीको पोलिटब्यूरो सदस्य छिन् ।

शपथपछि अन्सारीले प्रतिनिधि सभा सदस्यका रुपमा आफूले राज्यप्रति इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छिन् ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट