Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्न सांसद प्रेम सुवालको माग


काठमाडौं, १९ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्नुपर्ने माग गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले मिटरब्याज पीडितलाई पूर्णरुपमा छुट्कारा दिनुपर्ने बताए ।

मिटरब्याज पीडितको समस्या दशकौँ पुरानो भएको उनको भनाइ छ। उनले भने, ‘यो अवधिमा धेरै सरकार र मन्त्रीहरु भए। वर्तमान गृहमन्त्रीको यो दोस्रो कार्यकालमा मिटरब्याजको समस्या समाधान गर्न आयोग गठन गर्ने कुरा बाहिर आएको छ।’

गत चैन २ गते महोत्तरीको बर्दिबासबाट ७० जना मिटरब्याज पीडितहरु पैदल हिँडेर अघिल्लो हप्ता काठमाडौं आएका थिए। उनीहरु र सरकारी वार्ता टोलीबीच शनिबार सहमति भएको थियो। सरकारले आयोग गठन गर्ने र त्यसपछि आन्दोलनको कार्यक्रम फिर्ता हुने सहमति पत्रमा उल्लेख छ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट