Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बारा-२ मा स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी


बारा, २० चैत । वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि बारा २ मा स्वतन्त्र उम्मेदवारसहित १७ जनाको उम्मेदवारी परेको छ । ३ बजेसम्म जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नेकपा एमालेसहित १७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। यादवलाई गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको साथ छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन् । गत असोजमा आफैँ नेपाल सुशासन पार्टी खोलेका खरेल केही दिनअघि मात्र रास्वपा प्रवेश गरेका हुन् ।

यसैगरी, जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुसवाहले उम्मेदवारी दिएका छन् । गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट यसै क्षेत्रमा उम्मेदवारी दिएर पराजित कुसवाह पनि केही दिनअघि मात्रै जनमत पार्टी प्रवेश गरेका हुन् । माओवादीबाट उम्मेदवारी दिएका उनी उपराष्ट्रपति बनेका जसपाका रामसहाय यादवसँग तीन सय ५४ मतले पराजित भएका थिए ।

यता, एमालेका तर्फबाट पूर्वसंविधानसभा सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलको उम्मेदवारी परेको छ । बारा क्षेत्र नम्बर २ बाट निर्वाचित जसपाका नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ पुनः निर्वाचन हुन लागेको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट