Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलको आह्वान


काठमाडौं । आउँदो वैशाख १० गते हुने उपचुनावमा आफ्ना उम्मेदवारलाई जिताउने सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आह्वान गरेका छन् ।

आज मङ्गलवार दिउँसो संयुक्त विज्ञप्ति निकालेर सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताले तनहुँ–१, चितवन–२ र बारा–२ मा उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका हुन् ।

सत्ता गठबन्धनले तनहुँ–१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारा–२ मा जसपाका उपेन्द्र यादवलाई साझा उम्मेदवारका रूपमा उठाएको छ ।

संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर रहेको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट