Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोशी प्रदेशको नाम सच्याउन विप्लवको माग


काठमाडौं, २२ चैत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन्।

जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बुलगायत सबैलाई मिलाएर प्रदेशको नाम राखिनुपर्ने उनले बताए। मंगलबार श्रमिक समुदाय मोर्चाले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफैं समाहित हुने गरी प्रदेशको नाम राख्न उपयुक्त हुने बताए।

जनतालाई पीडा हुने गरी राज्यसत्ताले अधिनायकवादी शासन लादीरहेको आरोप पनि उनले लगाए। ‘जातिवाद समाजको लागि घातक कुरा हो। त्यो स्वीकार्य हुँदैन। तर पहिचान भनेको छुट्टै कुरा हो,’ उनले भने, ‘किरात प्रदेश राखे के फरक पर्छर ?’


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट