Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपनिर्वाचनलाई मर्यादित बनाउन गालीगलौज नगरी एजेण्डामा बहस गरौँ : केपी ओली


काठमाडौं, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन्।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदै छ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको र, यो खुसीको कुरा रहेको बताएका हुन्।

‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन। अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनैपर्छ। चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !’, उनले लेखेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट