Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्थगित स्ववियु निर्वाचन चैत ३० गते गर्न विद्यार्थी संंगठन सहमत


काठमाडौं, २३ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यही चैत ३० गते गर्न चार विद्यार्थी संंगठन सहमत भएका छन्। स्ववियु निर्वाचन स्थगित भएका त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा चुनाव गर्न विद्यार्थी संगठन सहमत भएका हुन्।

नेपाल विद्यार्थी संघ,अनेरास्ववियु,अखिल (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालाबन्दी र विद्यार्थी संगठनहरूको विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा शान्तिपूर्ण तरिकाले मतदान गर्न सहमति भएको छ।

यो समयमा निर्वाचन बिथोल्न नपाइने र तालाबन्दी गर्ने कार्य भए प्रशासनको सहयोगमा ताला खोलेर निर्वाचन गराउने समेत उनीहरूले प्रतिबद्धता जनाएका छन्।

‘विद्यार्थी भर्ना विवादका कारण निर्वाचन रोकिएका क्याम्पसहरूमा विवादित विषयमाथि सत्य तथ्य छानविनको लागि अध्ययन र अनुगमन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरि निर्वाचन प्रकृयालाई अगाडि बढाउन माग गर्दछौँ,’सयुक्त विज्ञप्तिमा भनिएको छ। उनीहरूले विश्वविद्यालय लगायत निर्वाचनसँग सम्बन्धित सबै पक्षलाई निर्वाचनमा केन्द्रित हुन पनि आग्रह गरेका छन्।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट