Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सांसदहरूलाई सभ्य र मर्यादित भाषा प्रयोग गर्न सभामुखको आग्रह


काठमाडौं, २३ चैत । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद बैठकमा बोल्ने सांसदरूलाई सभ्य र मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका छन्।

आइतबारको बैठकमा एमालेका एक सांसद सरकारविरूद्ध गालीगलौजमा उत्रिएपछि सरकार पक्षका सांसदले सभामुख समक्ष संसदलाई सभ्य र मर्यादित बनाउन आग्रह गरेका थिए।

सत्तापक्ष सांसदको आग्रहपछि सभामुख घिमिरेले सांसदहरूलाई संसद बैठकमा बोल्दा मर्यादित भाषाको प्रयोग गर्न आग्रह गरेका हुन्। उनले सदनमा भनाइ राख्दा प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ (घ)लाई ध्यानमा राख्न अनुरोध गरे।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट