Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

क्रान्तिकारी माओवादी र बहुमत पार्टीबीच एकताबारे जानकारी दिन आज संयुक्त पत्रकार सम्मेलन गर्दै


काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकताको तयारी भइरहेको छ । पार्टी एकताबारे जानकारी दिन आज दुवै पार्टीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए ।

नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीको संयुक्त पत्रकार सम्मेलन हुँदैछ । आगामी बैशाख १८ गते पार्टी एकता गर्ने दुवै पार्टीको तयारी छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट