Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको पार्टीबीच एकता


काठमाडौं, २४ चैत । नेकपा (क्रान्तिकारी) माओवादी र नेकपा (बहुमत) बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौंको कृष्णसेन इच्छुक प्रतिष्ठानको भवनमा मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) बीच पार्टी एकता भएको हो । पार्टी एकताका लागि दुवै पार्टीका नेताबीच वार्ता समिति गठन भएको थियो ।

माओवादीका यी दुई पार्टीले केही समययता संयोजन समिति बनाएर संयुक्त गतिविधि गर्दै आएका छन् । बास्तोला नेतृत्वको नेकपा (बहुमत) केही समयअघि नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपाबाट अलग भएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट