Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जव उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले धर्ती ढोगे …


सुर्खेत, २५ चैत । उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोगेका छन् । गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री खड्का शनिबार सुर्खेत पुगेका हुनु । उपप्रधान एवम् रक्षामन्त्री भएपछि खड्का पहिलो पटक गृह जिल्ला पुगेको हुन् ।

खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयको ठूलो घुइँचो थियो । सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शिर निहुरिने गरेर कुनै पनि कामहरू आफूबाट नहुने बताए ।

खड्काले भने ‘‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रूपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी बिसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शिर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्‍यो भन्ने जस प्राप्त गर्न सकूँ ।’’त्यहीँ ताकत, आशीर्वाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगेको उनले प्रष्ट पारे ।


क्याटेगोरी : राजनीति, रोचक, कर्णाली प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट