Techie IT
  • २१ मंसीर २०८०, बिहीबार
Jhilko

केपी ओली भन्छन् : प्रधानमन्त्रीलाई तारा झारिदेऊ भन्यो भने जुन पनि झारिदिऊँला भन्नुहुन्छ


काठमाडौं, २५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ुकमिटमेन्टुको वर्षा गर्ने गरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले अहिले मुलुक आर्थिक संकटमा धकेलिँदै गएको बेलामा पनि प्रधानमन्त्री प्रचण्ड ढुक्क भएको बताएका हुन्।

विज्ञहरूले समेत मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलब खुवाउनुपर्ने स्थिति आएको भनिरहेको बेलामा पनि प्रधानमन्त्री प्रचण्डले राम्रो छ भनेर बसिरहेको बताएका हुन्।

‘प्रधानमन्त्रीज्यू तपाईंहरूको बीचमा पनि आएर बोल्नुभयो होला। ढुक्क, आराम, आनन्द, प्रशन्न चित्त हुनुहुन्छ उहाँ। केही पनि छैन। भन्नु पर्दा पनि उहाँले केही बाँकी राख्नु हुन्न,’ उनले भने, ‘तारा झारिदेऊ भन्यो भने तारा मात्रै होइन, जुन पनि झारिदिऊँला भन्नुहुन्छ। कमिटमेन्टका लागि कुनै खडेरी पर्दैन। कमिटमेन्टको वर्षा हुन्छ।’

आर्थिक संकटतर्फ देश धकेलिरहेको पनि उनले बताए। यस्तो बेलामा पनि सरकार ढुक्क भएको उनले टिप्पणी गरे।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट