Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सहिद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन


काठमाडौं, २६ चैत । सहिद प्रतिष्ठान नेपालको अध्यक्षमा धर्मशीला चापागाईं चयन भएकी छिन्। प्रतिष्ठानको १३औं साधारणसभाबाट चापागाईंको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो।

जसमा उपाध्यक्ष हेमराज शर्मा, महासचिव युवराज चौलागाईं, कोषाध्यक्ष चित्रबहादुर घर्ती र सदस्य गोपालकृष्ण न्यौपाने चयन भएका छन्। समितिमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट सदस्य चयन गर्न बाँकी छ।

प्रतिष्ठानमातहत देशका विभिन्न स्थानमा सहिदस्मृति आवासीय विद्यालय सञ्चालनमा छन्। साधारणसभाले उच्च तथा प्राविधिक शिक्षामा जोड दिँदै विद्यालयहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

साधारणसभाको उद्घाटन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट