Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरियो


काठमाडौं । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । एमालेबाट कर्णाली सरकारमा सहभागी भएका तीन जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

कर्णालीमा एमालेका विनोदकुमार शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई सामाजिक विकासमन्त्री र जीतबहादुर मल्ल उद्योग पर्यटन वन तथा वातावरणमन्त्री थिए।

गएको पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका हुन् । ४० सदस्यीय कर्णली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्रका १/१ जना सांसद छन् ।


क्याटेगोरी : राजनीति, कर्णाली प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट