Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संघीयताको खर्च नेपाली जनताले धान्न सक्दैनन्, खारेज गरौँ : चित्रबहादुर केसी


काठमाडौं, २७ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले संघीयताको खर्च नेपाली जनताले धान्न नसक्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा आफूहरूको असहमति रहेको बताउँदै संघीयता खारेज गर्नुपर्ने बताएका छन्। उनले चैत २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर न्यूनतम साझा कार्यक्रममा समेटेका विषयहरूमा आफ्नो पार्टीका असहमति रहेको बताउँदै हस्ताक्षर आएकोमा आपत्ति जनाए।

‘न्यूनतम साझा कार्यक्रममा समेटिएका संघीयता, नागरिकता र संक्रमणकालीन न्यायाको विषयमा विमती राख्दै आइरहेको थियो। न्यूनतम कार्यक्रममा हाम्रो पनि सहमति गर्यो भन्ने कुरा बाहिर आयो। यसले जनतामा भ्रम पर्यो। हामीले संघीयता नेपाली जनताले बोक्नै सक्दैन। सांसदको संख्या मात्रे ८८४ छ। त्यसअनुसारका मन्त्री छन्। यो खर्च जनताले धान्न नसक्ने संघीयता खारेज गर्नुपर्छ,’ केसीले भने।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट