Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दक्षिणपन्थी प्रवृत्ति हाबी भएको भन्दै नरेश खरेलले एमाले त्यागे


काठमाडौं । नेकपा एमालेका पुराना नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन् । सोमबार बक्तव्य सार्वजनिक गर्दै खरेलले इमान्दार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको उल्लेख गरेका छन् ।

खरेलले पञ्चायतको समयमा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा लामो समय जेलजीवन बिताएका थिए । १७ वर्ष जेल बसेका खरेलले २०३३ सालमा नक्खु जेलब्रेक गरेका थिए ।

‘नेकपा एमालेमा लामो समयसम्म योगदान गरेका, तर पार्टीका गलत क्रियाकलापसँग असहमत रहेका हामी नेता कार्यकर्ताहरु आजदेखि सो पार्टीबाट स्वतन्त्र रहेको घोषणा गर्दछौं’ बक्तव्यमा उल्लेख छ । खरेल एमाले नेतृत्वसँग असन्तुष्ट थिए भने खरेलप्रति एमाले नेताहरु पनि सकारात्मक थिएनन् ।

गत वर्ष चितवनमा सम्पन्न दशौं महाधिवेशनमा खरेल कुनैपनि पदका उम्मेदवार थिएनन् । तर खरेललाई हराउनुपर्ने पर्चा महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको थियो ।

लामो राजनीतिक संघर्ष भएपनि खरेलले पार्टी केन्द्रीय सदस्यको चाहना राखेका थिए । तर विवादास्पद दुर्गा प्रसाईंसम्म एमाले केन्द्रीय सदस्य मनोनीत हुँदा खरेललाई एमाले नेतृत्वले समेटेको थिएन ।

सक्रिय राजनीतिको चाहना हुँदाहुँदै सल्लाहकारमा राखिएकोमा खरेल असन्तुष्ट थिएनन् । सोमबार खरेलसँगै झापा एमालेका जिल्ला उपसचिव चन्दा श्रेष्ठसहित १० जनाले पार्टी परित्याग गरेका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट