Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपनिर्वाचनको पर्यवेक्षण गर्न छ वटा संस्थालाई अनुमति


काठमाडौं, २९ चैत । उपनिर्वाचनको पर्यवेक्षण गर्न छ वटा संस्थाले अनुमति पाएको छ । निर्वाचन आयोगले बुधबार निर्वाचन पर्यवेक्षणका लागि अनुमति दिएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत २८ गते मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको जानकारी दिए।

प्रवक्ता पौडेलले पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेस भएका सात वटा निवेदनमाथि निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम छ संस्थाले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिए ।

आगामी वैशाख १० गते आइतबार हुने बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासङ्घ नेपाल, विश्व उपभोक्ता महासङ्घ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् ।

ती संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाइ सिफारिस भई आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइनेछ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट