Techie IT
  • ११ वैशाख २०८१, मंगलबार
Jhilko

सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने रास्वपाको निर्णय


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेडिकल व्यवसायीसँग २ करोड मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै उनको सांसद पद समेत जाने भएको छ ।

ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने समेत निर्णय रास्वपाले गरेको छ ।

श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । जनवरीमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

यो अडियो सार्वजनिक भएपछि रास्वपाको अनुशासन समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट