Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते स्थापना दिवस मनाउने


काठमाण्डा, १ वैशाख । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले वैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।

शुक्रवार काठमाण्डौको आलोकनगरमा रहेको केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले यो निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापीरूपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापीरूपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ ।

बैठकले पार्टी परित्याग गरेका नेता मुकुन्द न्यौपानको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ । न्यौपानेले पार्टी परित्याग गरेकाले उनको नाम पार्टी अभिलेखबाट हटाउने निर्णय गरिएको पनि प्रवक्ता खतिवडाले बताए । न्यौपानेले पार्टीको नीति र भावनाविरुद्ध केन्द्रीय कमिटीमा फरक मत राखेकाले त्यो विषयमा छलफल हुन नसकेको उनको भनाइ छ ।

नेकपा एक पार्टी परित्याग गरेका न्यौपानेलगायतका नेताहरू नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसकै अवसर पारेर नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट