Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट शुरु हुने


काठमाडौं, ३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट शुरु हुने भएको छ। राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जान लागेका हुन्।

राज्याभिषेक आगामी मे ६ तारिख अर्थात् वैशाख २३ गते हुँदै छ। राष्ट्रपति पौडेल बेलायती राजाको राज्याभिषेकमा सहभागी हुने तय भएको राष्ट्रपति पौडेलको निजी सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेले बेलायत जाने मिति भने तय छैन। ‘उहाँ जाने निश्चित भएको हो’, पौडेलको निजी सचिवालयले थाहाखबरसँग भन्यो, ‘भ्रमण अवधि र जाने मिति भने टुङ्गो लागेको छैन।’

राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने बेलायती सञ्चारमाध्यमले जनाएका छन्। गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकको निमन्त्रणापत्रमा क्यामिलालाई रानीको दर्जा दिइएको छ। उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनेछिन्।

राज्याभिषेक समारोहमा भौतिक रूपमा उपस्थित भएर हेर्न संसारभरका देशबाट राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन्। बकिङघम राजप्रासादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई निमन्त्रणा पठाइएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट