रवि लामिछानेप्रति चित्रबहादुरको कटाक्ष : नयाँले पनि पूरानै पार्टीहरूले गरेजस्तै गल्ती दोहोर्याए
काठमाडौं, ३ वैशाख । राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नयाँ पार्टीहरू पनि पूराना पार्टीहरूजस्तै भएको टिप्पणी गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूरानै पार्टीहरूले गरेजस्तै गल्ती दोहोर्याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पूर्वगृहमन्त्री रवि लामिछानेप्रति कटाक्ष गरेका हुन् । राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले स्वतन्त्र बनाउने पहल भइरहेका बेला हतारहतार निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको बताए ।
उनले मापदण्ड घटाएर सात दिने बोलपत्र घटाउनु पनि कानुन विपरित भएको बताए ।
क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot
प्रतिक्रिया