Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मिटरब्याज पीडितको माग तत्काल सम्बोधन नगरे सङ्घर्षमा जान्छौं : लिङ्देन


काठमाडौं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक सङ्घर्षमा जाने चेतावनी दिएका छन् ।

मङ्गलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि हिजो (सोमवार) निर्मम ढङ्गले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्सर्नासमेत गरे । गरिब र निमुखा ती मानिसमाथि किन आक्रमण गर्नुपरेको भनी सरकारलाई उनले प्रश्नसमेत गरे ।

अध्यक्ष लिङ्देनले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताए । उनले भने, ‘न्यायको माग गर्दै आएका मिटरब्याज पीडितलाई सरकारले हिजो निर्मम ढङ्गले आक्रमण गरेको घटनाको म निन्दा र भत्सर्ना गर्न चाहन्छु । समाजमा गरिबको अथवा सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौँ भनेर सपना बाँढेको पार्टी र उसको नेतृत्वमा अहिले सरकार छ । तर उसको नेतृत्वको सरकारले बर्बर आक्रमण किन गरिरहेको छ ? उनीहरूको माग सरकारले समयमै सम्बोधन गरोस् । अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरूको साथमा सडक सङ्घर्षमा जाने घोषणासमेत गर्न चाहन्छु ।’

अध्यक्ष लिङ्दनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot, #rajendra lingden

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट