Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कांग्रेसद्वारा गोविन्दराज जोशी र दिनेश कोइरालाको कारबाही फुकुवा


काठमाडौं । नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व केन्द्रीय सदस्य दिनेश कोइरालाको कारबाही फुकुवा गरेको छ ।

पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानले एक विज्ञप्ति निकाल्दै २०७४ साल र २०७९ सालमा भएका चुनावमा बागी उठेका र उनीहरुको प्रस्तावक र समर्थक बसेर कारबाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका सदस्यहरुको कारबाही फुकुवा गरेको बताएका छन् ।

जस अनुसार जोशी र कोइरालासहित कारबाहीमा परेका कांग्रेस नेता कार्यकर्ताको कारबाही फुकुवा भएको छ ।

२०७४ सालमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी खारेज भएपछि तत्कालीन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानलाई समर्थन गरेका थिए ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट