Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनुसरह हो : विप्लव


काठमाडौं, ६ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले देश सरकारविहीन भएको टिप्पणी गरेका छन्। राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन्।

उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनुसरह रहेको जिकिर गरे। उनले प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय भएको बताए।

उनले अहिले पनि सरकारको आयु तोकेरै भन्ने गरिएको भन्दै नयाँ नेताहरु नयाँ दौरा सुरुवाल सिलाउन लागेको बताए। उनले अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जानेकुरा चित्रित गरेको बताए।

उनले देशमा गणतन्त्र आएको १५ वर्ष झगडामा बिताएर अहिले जनता र अन्य कारण देखाएर पन्छिन नमिल्ने बताए। महासचिव चन्दले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको बताए। उनले नेपालमा राजतन्त्र हुँदासमेत आर्थिक मन्दीको अहिलेको अवस्था भोग्नु नपरेको बताए।

उनले भने, ‘मंसिरमा चुनाव भएको हो, अहिलेसम्म सरकार बन्न सकेको छैन। मन्त्रालय फालाफाल छन्। कोही के भनेको छ, कोही के भनेको छ, एक हिसावले भन्दा सरकार नै छैन। प्रधानमन्त्रीले १६ वटा मन्त्रालय हेर्ने समय पनि थियो। संकटकै कुरा भन्दा पनि कति बेला के हुन्छ भन्नेजस्तो छ। यो नेपालको परिवेशले अस्थिरतालाई देखाउँछ। १५ वर्ष झगडामा बिताएर जनतालाई दोष दिन मिल्छ, राज्य त कुनै न कुनै हिसावले चल्यो नि त। पञ्चायतको भन्दा पनि तल पुगेको छौँ। नेगेटिभ पार्टबाट हेर्दा पञ्चायतमा राजनीतिमा तानाशाही किसिमले निरंकुश भए पनि आर्थिक क्षेत्रले हेर्दा आजको जस्तो दिनमा आइपुगेको त थिएन।ु

महासचिव चन्दले नेपालको उत्पादनले तीन महिना पनि नधान्ने स्थिति रहेको भन्दै उत्पादनमा जोड नदिनेहरूबाट राज्य सञ्चालन हुनै नसक्ने बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट