Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले लिए शपथ


सुर्खेत, ७ वैशाख । कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुर्वाएका हुन् । कांग्रेस केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए। बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेको थियो।

मुख्यमन्त्री शर्माले कांग्रेसबाट सिफारिस भएका आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र ऊर्जा तथा जलस्रोत विकास मन्त्रीमा उर्मिला विश्वकर्मालाई नियुक्त गरेका छन् ।

विश्वकर्मा यसअघि भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री थिए। मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय सङ्ख्या संशोधन गरेपछि उनलाई मन्त्री नियुक्त गरिएको हो ।


क्याटेगोरी : राजनीति, कर्णाली प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट