Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आचारसंहिता उल्लंघन गरेकोमा रास्वपाले माफी माग्यो


चितवन, १० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आचारसंहिता उल्लंघन गरेकोमा माफी मागेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गरेपछि मतदान अवरुद्ध भएको थियो।

नयाँ किरण मावि भोजाड केन्द्रमा रहेको मतदान स्थलमा झन्दै दुई घण्टाभन्दा बढी समय मतदान स्थगित गरिएको थियो। त्यसपछि बोलाइएको सर्वदलीय बैठकमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच ४ बुँदे समझदारी भएको छ।
जसको पहिलो बुँदामा भनिएको छ, ‘रास्वपाबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो।’

क्षमायाचनाको निर्णय भएपछि मतदान प्रक्रिया फेरि थालिएको छ। चितवन २ मा रास्वपाका रवि लामिछाने, गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट