Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

तनहुँ १ मा स्वर्णिम वाग्लेको अग्रता


काठमाडौँ । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार करिब ९ हजार २ सय ५७ मत गन्दा वाग्लेले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई २ हजार ६ सय ६९ मतले पछाडि पारेका छन् ।

वाग्लेले ५ हजार १९ मत ल्याउँदा भट्टराईले २ हजार ३ सय ५१ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५ सय ४९ मत प्राप्त गरेका छन् । तनहुँ १ को मतगणना मध्यरातिदेखि सुरु भएको थियो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट