Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चितवन २ मा ८ बजे बस्ने सर्वदलीय बैठकपछि मतगणना सुरु हुने


काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा हिजो भएको उपचुनावको मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दैछ ।

बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणनाको समय तय हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । यसअघि गएराति नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भए पनि बैठक बस्न सकेको थिएन ।

नेपाली कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रमुख जिल्ला अधिकारीविरुद्ध दिएको उजुरीको कारबाही टुङ्गो नलगाएसम्म मतगणना हुन नदिने कांग्रेसको अडान छ ।

कांग्रेसले आचारसंहिता उल्लङ्घनमा लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्न उजुरी दिएको छ । चितवनको मतगणना चितवन उद्योग सङ्घको सभाहलमा हुँदैछ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट