चितवन–२ मा रवि लामिछानेको अग्रता

चितवन, ११ बैशाख। चितवन–२ को उपनिर्वाचन मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिएका छन् । पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका वडा १ र ३ को गणना सकिँदा लामिछानेले ११५५ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्र नेकपा एमालेको पकड भएको स्थान भनेर चिनिन्छ । यस पालिकामा प्रमुख र उपप्रमुख एमालेले जितेको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #hot, #rabi lamichhane
प्रतिक्रिया