उपनिर्वाचन मतगणना अपडेट : दुई निर्वाचन क्षेत्रमा रास्वपा, एउटामा जसपा अगाडी

काठमाडौं । सोमबार साँझसम्म तीनबटा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनको प्रारंभिक मतपरिणाम अनुसार दुई निर्वाचन क्षेत्रमा रास्वपा अगाडी देखिएको छ भने एक वटा निर्वाचन क्षेत्रमा जसपा अगाडी रहेको छ ।
साँझ सम्मको मतपरिणाम अनुसार तनहुँ क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । तनहुँ १ मा ३८७९४ मतपत्र गणना हुँदा रास्वपाका वाग्लेले १९६५३ मत ल्याएका छन् । त्यस्तै कांग्रेसका भट्टराईले ११६६९ मत मात्र पाएका छन् । एमालेका सर्वेन्द्र खनालले ६२३६ मत पाएका छन् ।
चितवन क्षेत्र नम्बर २ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम गरेका छन्।
रास्वपाका रवि लामिछानेले ३,६०२ मत ल्याउँदा एमालेका रामप्रसाद न्यौपानेले २,०८२ मत ल्याएका छन् । कांग्रेसका जितनारायण श्रेष्ठले १,४९४ मतमात्र ल्याएका छन् । दोस्रोमा नेकपा एमालेका रामप्रसाद न्यौपाने र तेस्रोमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ छन्।
बारा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । जारी मतगणनामा उनलाई जनमत पाटीका शिवचन्द्र कुशवहाले पछ्याउँदै छन् ।
उम्मेदवार यादवले ६७७४ मतपत्र गणना सकिँदा २६०० मत पाएका छन् । यस्तै एमालेका पुरुषोत्तम पौडेलले ८६१ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवहाले २०६७ मत पाएका छन् । कुशवहा यादवभन्दा पछि पर्दै दोस्रो स्थानमा रहेका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले ३०३ मत पाएका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया