Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

तनहुँ–१मा स्वर्णिम वाग्लेको जित निश्चित, औपचारिक घोषणा हुन बाँकी


काठमाडौं । तनहुँ–१ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको जित निश्चित भएको छ । वाग्ले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईभन्दा १४ हजार ७ सय ९७ मतले अगाडि छन्। अहिलेसम्म वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

भट्टराईले २० हजार १ सय २२ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी नै छ।

तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो ।

गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याउँदै विजयी भएका थिए। उनी राष्ट्रपति भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट